काठमाण्डौँ, ७ भदौ । निर्देशक हेमराज विसीको निर्देशनमा फिल्म ‘ब्रेकअप’ बन्ने भएको छ । ‘ब्रेकअप’मा आशिरमान श्रेष्ठसँग नव नायिका शिल्पा मास्केले रोमान्स गर्ने भएकी छिन् । अहिले प्रदर्शनरत फिल्म ग्याङस्टर ब्लुज मा डेब्यू गरेका आशिरमानलाई ब्रेकअपको लागि महंगो पारिश्रमिक दिईएको बताइएको छ ।
गाजलु फिल्म निर्माण गरेका रोहित अधिकारीले ब्रेकअप निर्माण गर्ने भएका हुन् । रोहित अधिकारी फिल्मस् र ह्याप्पी प्लानेट फिल्मस्को प्रस्तुतीमा बन्न लागेको फिल्ममा रोहित अधिकारी, रुपक थापा, दिपक खतिवडाको लगानी रहनेछ । फिल्मको छायाँकन भदौको अन्तिमबाट गरिने बताइएको छ । लभ स्टोरी कथामा निर्माण हुन लागेको यो फिल्मलाई यसैबर्ष प्रदर्शन गर्ने रोहितको भनाइ छ ।
हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज’मा समेत काम गरेकी शिल्पा बलिउड स्टार अक्षय कुमार अभिनित फिल्म गोल्डको लण्डनमा सुटिङ सकाएर नेपाल आएकी हुन् ।




