अनुप र शिल्पाको विवाह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

अनुप र शिल्पाको विवाह

काठमाडौं, २१ असार । असार २९ गतेबाट रिलिज हुने फिल्म वीरांगनामा अनुपविक्रम शाही र शिल्पा पोखरेलको मुख्य भूमिका रहेको छ । यी दुवै सशस्त्र प्रहरीको भूमिकामा छन् ।

फिल्मभित्र यी दुई विवाहबन्धनमा बाँधिएको फोटो भने फिल्म निर्माण टिमले सार्वजनिक गरेका थिएनन् । फिल्मको प्रमोसनका लागि अहिले आएर मुख्य दृश्यको तस्बिर सार्वजनिक गरिएको छ । फिल्मभित्र नायिका शिल्पा र नायक अनुप विवाहबन्धनमा बाँधिएका छन् । महिला सशस्त्र प्रहरीको वीरतामा आधारित फिल्म वीरांगना लभ–एक्सन जनरमा निर्माण गरिएको छ । महिला सशस्त्र शिल्पासँग अनुपको मिलनपछि विवाहको सिन राखिएको छ ।

फिल्ममा शिल्पा, अनुप, पृथ्वीराज प्रसाईं, प्रज्ज्वल गिरी, सुशील पोखरेल, धु्रव कोइराला, प्रिया रिजाल, धीरेन शाक्य, कृष्ण शिवाकोटी, देव तामाङ, अंशु थापा, अमृत सापकोटालगायतको अभिनय छ । राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको फिल्म फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्टले निर्माण गरेका हुन् ।

फिल्ममा दीपक शर्मा र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्वनिर्देशन तथा हरि घले लामा र रामेश्वर कार्कीको छायांकन रहेको छ । अन्नपुर्णपोष्टबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);