चितवनको मेघौली विमानस्थल फेरि बन्द | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

चितवनको मेघौली विमानस्थल फेरि बन्द

meghauli airport

चितवन, १५ भदौ । चितवन स्थित मेघौली ऐयरपोर्ट फेरी बन्द भएको छ । लामो समयदेखि बन्द रहेर गत वर्षको कात्तिकबाट पुनः सञ्चालनमा आएको चितवनको मेघौली एयरपोर्ट फेरि बन्द भएको हो ।

हप्ताको दुई दिन उडान भर्दै आएको नेपाल एयरलाइन्सले अहिले उडान नभरेका कारण विमानस्थल वन्द गर्नुपरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । नेपाल ऐयरलाइन्सले उक्त विमानस्थलमा गत माघ महिनासम्म उडान भदै आएको थियो ।

चितवनको भरतपुरबाट करिब ३० किलोमिटर पश्चिममा मेघौली विमानस्थल रहेको छ । विसं २०३० मा बनेको विमानस्थल २०६६ सालसम्म नियमित सञ्चालनमा आएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);