टिमाई खोलामा पुल बनेपछि स्थानिय हर्षित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

टिमाई खोलामा पुल बनेपछि स्थानिय हर्षित

timai kholako pul

खगेन्द्र भण्डारी
झापा, १५ भदौ
। इलाम र झापाको सीमाना रहेको टिमाई खोलाको बीचमा झोलुङ्गे पुल बनेपछि त्यहाँका स्थानियहरु हर्षित बनेका छन् । सधै कष्ट गरी वारपार गर्नूपर्ने उनीहरुको वषैदेखिको वाध्यता अहिले भने हटेको छ ।

झापाको वुद्धशान्ति गाउँपालिका र इलामको रौं गाउँपालिका जोड्ने खोलाको विचमा पुल बनेपछि त्यस क्षेत्रका स्थायिनहरुमा खुसियाली छाएको हो । दुर्गम भेगका रुपमा चिनिने ती दुई जिल्लाका गाउँको माझमा पर्ने खोलामा पुल वनेपछि स्थानियहरुलाई हाटबजार गर्न, वा दुख विराम पर्दा वारपार गर्न अहिले सजिलो भएको हो । पुल वनेपछि वारीपारी गर्न मात्र नभएर गाउँमा उत्पादित कृषिजन्य वस्तु विक्रि वितरणका लागि समेत सजिलो भएको स्थायिनहरु बताउँछन् ।

दुई जिल्ला जोड्ने पुल जिल्ला विकास समितीले तीन वर्ष अघि कुल २७ लाख लागतमा निर्माण गरिएको छ । ठेक्का सम्झौताको समयमा सम्पन्न भएको पुल बनेपछि अहिले विधार्थीहरुलाई समेत आवतजावत गर्न सजिलो भएको टिमाई खोला झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष केशव पराजुलीले बताए । उनले झोलुङ्गे पुलबनेपछि विधार्थीलाई समेत आउँजाउँ गर्न समेत सजिलो भएको बताए ।

लापोन्मुख जातीमा सूचीकृत लेप्चाको बाहुल्यता रहेको इलामको रौं गाउँपालिकाका झण्डै २ सय विद्यार्थीहरु पनि पठनपाठनका लागि बुद्धशान्ति गाउँपालिकास्थित शान्ति आदर्श मावि धाउने गरेका छन् । सो क्षेत्रका करिब ४ सय घरपरिवार पनि दैनिकी गुजारा चलाउन त्यही पुलको सहारा लिँदै झापा आउने गरेका छन् ।

पूर्वी नेपालकै एक विकसित जिल्लाका रुपमा हेरिने झापा अनि पूर्वी पहाडी जिल्लामध्ये सुगम मानिने इलामका ती गाउँवस्तीमा विकासका न्यूनतम पूर्वाधारसम्म पुग्न सकेको छैन् । विकासका पूर्वाधार मध्येको प्रमुख बाटो नै नभएको त्यस क्षेत्रमा झापा इलाम जोड्ने पुल बनेपछि स्थानीयले एउटा परिवर्तन आएको समेत महशुस गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);