रुसले सिरियामा पठायो ६३ हजार लडाकु सेना | ईमाउण्टेन समाचार

Our Network

फागुन २३ २०८२, आइतबार

रुसले सिरियामा पठायो ६३ हजार लडाकु सेना

sena

एजेन्सी, ७ भदौ । रुसले सिरियामा भइरहेको द्वन्द्वका लागि ६३ हजारभन्दा बढी सेना पठाएको छ । रुसको रक्षा मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार ६३ हजार १२ जना रुसी सुरक्षाकर्मी सिरिया पठाइएको हो ।

लडाकु सेना युद्ध प्रभावित मुलुक सिरिया पठाइएको मन्त्रालयका अधिकारीहरूले बताएका छन् । उनीहरूमध्ये २५ हजार ७३८ जना अधिकृतस्तरका , ४३४ जना सामान्य र अन्य ४ हजार ३४९ जना रकेटसम्बन्धी विज्ञहरु रहेका छन् ।

सन् २०१७ को डिसेम्बर महिनामा पनि ४८ हजार भन्दा बढी यस्तै सैन्य शक्ति सिरियामा पठाएको रुसका रक्षा मन्त्री सेर्गेइ सोइगुले बताउनु भएको छ ।सन् २०११ देखि शुरु भएको सिरिया युद्वमा परी अहिलेसम्म तीन लाख ५० हजारभन्दा बढीको मृत्यु भएको छ भने लाखौँ विस्थापित भएका छन् ।