कालिमाटीको तरकारी बजार बुधबारदेखि सुचारु | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

कालिमाटीको तरकारी बजार बुधबारदेखि सुचारु

काठमाडौं, ६ भदौ । कालिमाटी फलफूल तथा तरकारी बजार बुधबारदेखि सुचारु भएको छ । सोमबार सरकारले अनुगमन गरेपछि व्यापारीले बन्द गराएको कालिमाटी फलफूल तथा तरकारी बजार बुधबार विहानबाट पुनः सुचारु गरिएको हो ।

बजार खुलेपनि तरकारीको उपलब्धतामा भने उल्लेख्य कमी आएको छ । सरकारले आफू खुसी अनुगमनको नाममा आफूहरुलाई मारमा पारेको भन्दै व्यापारीहरुले सोमबार दिउँसोबाट सो बजारमा फलफूल तथा तरकारीको विक्री वितरण बन्द गराएका थिए ।

तर सरकारले दवाव दिएपछि उनीहरु पुनः खोल्न बाध्य भएका हुन । कृषकहरुलाई मारमा नपार्न बजार पुनः सुचारु गरिएको व्यापारी सुवाषचन्द्र बेडारीले जानकारी दिए । उनले अनुगमनका क्रममा पक्राउ परेका व्यापारीको रिहा नभए पुनः बजार बन्द हुने चेतावनी दिए ।

यसैबीच, कृषक कृष्ण पुण्यप्रसाद भट्टराईले तरकारी कृषकहरुका लागि आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । कालिमाटी फलफूल तथा तरकारी बजारमा बुधबार विहान भेटिएका उनले कृषकहरुलाई आवश्यक आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेका हुन् । भट्टराईले अनुगमन गर्ने तर कृषकहरुलाई सहयोग नगर्ने भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।

व्यापारीहरुले अनुगमन गरेर नियन्त्रणमा लिएको तरकारीको क्षतिपूर्ति कृषकलाई उपलब्ध गराउन पनि सरकारसँग माग गरेका छन् । सरकारी अनुगमनपछि बुधबार विहानबाट तरकारी बजारमा मूल्यमा पनि केही कमी आएको छ ।

यता, सरकारले उपभोक्ता र कृषकहरुलाई मारमा मार्नेगरी बजार मूल्य बढाएको भन्दै नियन्त्रण गर्न सो फलफूल तथा तरकारी बजार अनुगमनमा कठाई गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);