विमल जैरु
डडेल्धुरा, ३ भदौ । डडेल्धुरामा तीन दशक अघि बनाइएको बाल मन्दिरको भवन जीर्ण भएको छ । शारीरिक रुपमा अशक्त भएका विद्यार्थीहरुले अध्ययन गर्ने बाल मन्दिर जीर्ण हुँदा पठनपाठन प्रभावित भएको छ ।
तीन दशक अघि ततत्कालिन रानी ऐश्वर्याले डडेल्धुरको अमरगढी नगरपालिकामा उद्घाटन गर्नुभएको थियो । शारीरिक रुपमा अशक्त भएका विद्यार्थीहरुका लागि अध्ययन गर्न बाल मन्दिरको स्थपना गरिएको हो । बालमन्दिरमा अहिले सुस्त मनस्थितिका ६ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् । तर बाल मन्दिरको भवन अहिले जीर्ण हुँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।
जिल्ला प्रशासन कार्याएलयले बाल मन्दिरको भवन जीर्ण भएकाले ती विद्यार्थीलाई अन्यत्रै स्थानान्तरन गर्ने तयारी भइरहेको छ । गरीब बिपन्न तथा पहुँच नभएका बिद्यार्थीहरुका लागि संचालनमा रहेको बाल मन्दिरलाई प्रति बिद्यार्थी चार हजारका दरले व्यवस्थापन खर्च सरकारले दिने गरेको छ । विद्यालयको जीर्ण भवनको पुनःनिर्माण गर्न सरोकारवालाले माग गरेका छन् ।