आफ्ना मन्त्रालयमा कांग्रेसले छान्यो राज्यमन्त्री, को-को परे सिफारिसमा (नामावली सहित) | ईमाउण्टेन समाचार

Our Network

भदौ १७ २०८३, बिहीबार

काठमाडौं, ६ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सरकार बिस्तार गर्ने तयारी गरेका छन् । आज सत्तारुढ दल कांग्रेसको तर्फबाट राज्यमन्त्री बनाउने तयारी थालिएको कांग्रेसका एक नेताले जनाएका छन्।

 

सत्ता घटक माओवादी केन्द्रले भने यसअघि नै राज्यमन्त्री बनाईसकेको छ। नेपाली कांग्रेसबाट राज्यमन्त्रीमा सिफारिस हुनेहरुमा शेषनाथ अधिकारी, तप्तबहादुर विष्ट, नरबहादुर चन्द, उदयशम्शेर राणा, चम्पादेवी खड्का, अब्दुल रज्जाक, सीता गुरुङ, डिल्ली चौधरी, दिलमान पाख्रीन, तेजुलाल चौधरी, सरिता प्रसाई र अमरसिंह पुन रहेका छन्।

 

स्रोतका अनुसार भोली प्रधानमन्त्री देउवाको भारत भ्रमण भएकाले आजै सपथ गराउने तयारी गरिएको छ।

ताजा समाचार