प्रधानमन्त्रीलाई भारतसँग तराई डुबानका बारेमा कुरा राख्न अधिकारीहरुको सुझाव | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८०, शुक्रबार

काठमाडौँ, ६ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा उठाउनुपर्ने विषयका बारेमा छलफलमा व्यस्त भएका छन् ।

 

 

केही दिन पहिले पूर्वप्रधानमन्त्रीसँग छलफल गरेको प्रधानमन्त्री देउवाले आज पूर्वपरराष्ट्रमन्त्री र पूर्वराजदूतलाई छलफलमा बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफलमा प्रधानमन्त्री देउवाले भ्रमणमा आफूले गर्नुपर्ने कुराका विषयमा सुझाव मागेका छन् ।

 

 

छलफलमा सहभागी पूर्वपरराष्ट्रमन्त्री र पूर्वराजदूतहरुले सीमावर्ती क्षेत्रमा बनाइएका बाँधका कारण नेपाली भूमि डुबानमा परी त्यसबाट हुने गरेको क्षतिका बारेमा दह्रोसँग कुरा राख्न सुझाव दिएका छन् ।