देशका मुख्य-मुख्य सहरमा खाद्य सुरक्षा अभियान सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

देशका मुख्य-मुख्य सहरमा खाद्य सुरक्षा अभियान सञ्चालन

काठमाडौं, २५ साउन । सरकारले काठमाडौंसहित देशका मुख्यमुख्य सहरमा खाद्य सुरक्षा अभियान सञ्चालन गर्ने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणि खनालले खाद्य बस्तुमा शुद्धता ल्याउन राजधानी काठमाडौंसहित देशका मुख्यमुख्य सहरमा ६ महिना खाद्य सुरक्षा अभियान संचालन गर्न लागिएको जानकारी दिए ।

उनले खाद्य बस्तुलाई गुणस्तरीय बनाउन कडा कदम चाल्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई सचेत गराइएको बताए । शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खनालले ३ महिना भित्र दुधको गुणस्तर कायम गर्ने योजना पनि अघि सारे ।

मन्त्री खनालले दुषित पानी उत्पादन गर्ने सबै उद्योग बन्द गर्ने चेतावनी दिए । सरकारले दुषित पानी उत्पादन गरेको भन्दै २२ वटा पानी उद्योगमा तालाबन्दी गरेको छ । मन्त्री खनालले सरकारले जनताको अपेक्षा अनुसार काम गर्न अझै केही महिना लाग्ने स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);