ओलीले हामीलाई सडकमा जान बाध्य पार्दैछन् : सर्वेन्द्रनाथ शुक्ल (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

ओलीले हामीलाई सडकमा जान बाध्य पार्दैछन् : सर्वेन्द्रनाथ शुक्ल (भिडियो सहित)

sarbendranath sukla

काठमाडौं, १५ साउन । नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा बलियो सरकार बनेको छ । यो बलियो सरकारसँग आम मानिसले ठुलो अपेक्षा गरेका छन् । समृद्धि आउँछ र विकासको पथमा देश अघि बढ्छ भनेर आम मानिसमात्रै नभएर नेकपा कार्यकर्ताहरुको पनि इच्छा रहेको छ । सरकार गठन भएको यो समय सम्म जनताको आशा अनुसारको काम गर्ने कुरामा सरकार खरो उत्रन सकेको छैन । सरकार अलमलमा देखिएको छ । करिब २-३ महिना त सरकार पार्टी एकीकरणमै व्यस्त भयो । त्यसपछिको समय दुई छिमेकी देशको भ्रमण र बाँकी समय प्रधानमन्त्री र मन्त्रिपरिषद, अन्य केहि काममा अल्झिएको देखिएको छ । यो सरकार अब कसरी अगाडी बढ्छ ? सरकारले आफुसँग भएको बलियो मतको किन सदुपयोग गर्न सकिरहेको छैन ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राष्ट्रिय जनता पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लसँग गरेको कुराकानी हेर्नुहोस् : 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);