मोदीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

मोदीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत

rahul hugs modi

एजेन्सी, ५ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत भएको छ । भारतीय लोक सभामा मोदीविरुद्वको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो ।

अविश्वासको प्रस्ताव शुक्रबार निर्णयार्थ पेश गरिएकामा प्रस्तावको पक्षमा जम्मा १ सय २६ मत खसेको छ । ३ सय २५ सांसद भने प्रस्तावको विपक्षमा उभिएका छन् । ध्वनी मतले फैसला नभएपछि संसदमा मतदान गरिएको थियो । ५ सय ४३ सदस्यीय लोक सभामा ९ सिट रिक्त छ । शुक्रबारको बैठकमा ५ सय ३४ मध्ये ४ सय ५१ सांसद मात्रै उपस्थित थिए ।

मतदान हुनुभन्दा पहिले प्रधानमन्त्री मोदीले सदनमा आफूविरुद्वको प्रस्ताव विपक्षी दलहरुको कमजोर मानसिकताका कारण आएको बताएका थिए । प्रधानमन्त्री मोदीले कुनै मुद्धा नभएपछि विपक्षीले आफुविरुद्व अविश्वास प्रस्ताव ल्याएर राजनीतिलाई तरंगित पार्न खोजेको आरोप लगाएका थिए । मोदीले बोलिरहँदा तेलूगु देशम पार्टी(टीडीपी) र अन्य विपक्षी दलका सांसदले नाराबाजी गरेका थिए ।

बैठकमा अविश्वासको प्रस्तावको पक्षमा मतदान गरेका कांग्रेस आईका नेता राहुल गान्धीले भने मोदीलाई अंकमाल गरेका थिए । सधैं विरोध र घोचपेच गर्दै आएका राहुलले मोदीलाई अंकमाल गरेको दृष्य सामाजिक सञ्जालमा भाइरल भएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);