चिकित्सकहरु विभाजित, बन्द घोषणाबारे यस्तो आयो 'नोट अफ डिसेन्ट' | ईमाउण्टेन समाचार

Our Network

पुष ९ २०८१, मंगलबार

चिकित्सकहरु विभाजित, बन्द घोषणाबारे यस्तो आयो ‘नोट अफ डिसेन्ट’

doctor talking

काठमाडौं, ३ साउन । स्वास्थ्य संस्थामा हडताल गर्ने निर्णयलाई लिएर नेपाल चिकित्सक संघभित्र विवाद देखिएको छ ।

संघको कार्यसमिति बैठकले डा. गोविन्द केसीका मागमा समर्थन गर्दै स्वास्थ्य संस्थामा हडताल गर्ने निर्णय लिँदा कोषाध्यक्ष डा. रक्षा श्रेष्ठले असहमति जाहेर गरेकी छन् ।

कोषाध्यक्ष श्रेष्ठले उक्त कार्यसमिति बैठकको निर्णयमा नोट अफ डिसेन्ट लेखेर असहमति जाहेर गरेकी हुन् । नेपाल मेडिकल एसोसियनको मिति ०७५ साउन २ को बैठक र १ दिने बन्दको घोषणा मेरो असमति छ ।, श्रेष्ठले नोट अफ डिसेन्टमा लेखेकी छिन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);