एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बने ‘नोट अफ डिसेन्ट’ लेख्ने घोषणा गरेका थापाले दिए बधाई | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बने ‘नोट अफ डिसेन्ट’ लेख्ने घोषणा गरेका थापाले दिए बधाई

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले आफु र प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ बीच व्यक्तिगत दुस्मनी नभएको स्पष्ट पारेका छन् ।

उनले आज काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै पार्टी एकतादेखि विघटनसम्म पुग्दा आफु प्रचण्डविरुद्ध लडेको स्मरण गराउँदै प्रचण्डसँग व्यक्तिगत दुश्मनी भने नरहेको स्पष्ट पारेका हुन् ।

उनले एमाले र माओवादीबीच पार्टी एकता नहुने दाबी गरेका छन् । ‘अब झुक्किएर पनि पार्टी एकता हुन दिन्नौं । विगतमा पार्टी कब्जा गर्ने अभ्यासबाट शिक्षा लिएका छौं,’उनले भने ।

मंसिर २९ गते बुटबलमा पत्रकारहरुसँग कुरा गर्दै थापाले एमालेको समर्थनमा प्रचण्ड कुनैपनि हालतमा प्रधानमन्त्री नहुने दाबी गरेका थिए । उनले यदि त्यसो भएमा आफुले ‘नोट अफ डिसेन्ट’ लेखेर असहमति प्रकट गर्ने बताएका थिए । तर, उनले अहिलेसम्म ‘नोट अफ डिसेन्ट’ निकालेका छैन् । बरु उनले प्रचण्ड नेतृत्वको मन्त्रीपरिषदलाई बधाई दिएका छन् ।

थापाले बालकोटको बार्दलीमै गएर प्रचण्डले हात हल्लाएपछि कुरा मिलेको टीप्पणी समेत गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);