खोरेत रोगको उपचारमा नगर प्रमुख आफै खटिए | ईमाउण्टेन समाचार

Our Network

माघ ४ २०८१, शुक्रबार

खोरेत रोगको उपचारमा नगर प्रमुख आफै खटिए

khoret

सुशील भण्डारी
अछाम, २ साउन । अछाम को पञ्चदेवल बिनायक नगरपालिकाका बिभिन्न वडामा किसानका पशु चौपायामा फैलिएको खोरेत रोगको उपचारमा पञ्चदेवल बिनायक नगरपालिकाका नगर प्रमुख देबराज देबकोटा आफै खटिएका छन् ।

नगरका ४ वटा वडाका एक हजार बढी पशु चौपायामा रोगको संक्रमण फैलिएको हो । नगरपालिकाको कुईका, बिनायक, कालिकास्थान र तोलिमा गाई, भैसी, बाख्रा लगायतका पशुचौपायामा खोरेत रोग देखापरेको नगरपालिकाले जनाएको छ । किसानका बेसीतिरका खेत रोपीसकेपछी गाउँतिर रोपाई गर्ने समयमा गाई गोरुमा यस्तो समस्या आएपछी किशान निकै चिन्तीत बनेका छन् ।

खोरेत रोग फैलिएको बिषयमा किसानको गुनासो आएपछी नगरप्रमुख देबकोटा आफै नै उपचारमा खटिएका हुन् । पशु स्वास्थ्य शाखाका प्रमुख केशबराज गिरीको नेतृत्वमा ४ जना पशु स्वास्थ्यकर्मीले पशुबस्तुको उपचार सुरु गरेका छन् । औषधि अभाव देखीएका कारण नगरपालिकाले करिब ३ हजार पशुचौपायाका लागि औषधि समेत मगाईएको छ ।

पशुचौपायामा महाँमारिका रुपमा रोगको संक्रमण देखीएको र यसलाई तत्काल नियन्त्रण गर्नका लागि नगरपालिका तदारुपताका साथ लागिपरेको बताईएको छ । किसानको गुनासोमा नगर प्रमुख देबराज देबकोटाले बिरामी पशुबस्तुको उपचारका लागि कुनै कसुर बाँकी नराखीने बताए ।

रोग फैलिएका क्षेत्रमा अन्यत्रबाट स्वास्थ्यकर्मी बोलाएर पनी उपचार गरिने र किसानको एउटा पशुचौपाया पनि मर्न नदिने नगरप्रमुख देबकोटाको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);