रुकुम पश्चिमको बाँफीकोट बन्यो स्यार्पु गाउँपालिका | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

रुकुम पश्चिमको बाँफीकोट बन्यो स्यार्पु गाउँपालिका

bafikot gaupalika

रुकुम पश्चिम, ३२ असार । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकाको नाम परिवर्तन भएको छ । बाँफीकोटलाई स्यार्पु गाउँपालिका बनाइने भएको छ ।

गाउँपालिकाको वर्षे अधिवेशनको दोस्रो गाउँसभाले बाँफीकोट गाउँपालिकाको नाम स्यार्पु गाउँपालिका बनाउने निर्णय गरेको गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले बताए ।

यसअघिको गाउँसभाले बाँफिकोटको नाम सहिद स्यार्पु गाउँपालिका बनाउने निर्णय गरेको थियो । तर, उक्त नामको स्थानीय स्तरबाट विरोध भएको थियो । स्यार्पु ताल रुकुमको प्रसिद्ध पर्यटकीय स्थल भएकाले सो नाम राखिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);