काठमााडौं, २९ असार । स्पानिस क्लब रियल मड्रिड पुर्व स्ट्राइकर क्रिष्ट्यानो रोनाल्डो इंग्लीस क्लब जुबेन्टसमा आबद्ध भएसँगै कुन स्ट्राइकरले उनको स्थान लिने हुन् भन्ने कौतुहलता बढेको छ । पोर्चुगिस फर्वाड खेलाडी रोनाल्डोलाई ९९ मिलिएन पाउण्डमा जुबेन्टसले आफ्नो क्लबमा आबद्ध गराएको छ ।
स्टार फुटबलरले रियल मड्रिडलाई ३ वटा च्याम्पिएन्स लिगको उपाधी चुमाएका छन् । रियल मड्रिडबाट रोनाल्डाले ला लिगामा ३११, च्याम्पिएन्स लिगमा १०५, कोपाडेल रेमा २२, क्लब वल्र्डकपमा ६, स्पानिस सुपर कपमा ४ र युइएफए सुपर कपमा २ गरि जम्मा ४०५ गोल गरेका छन् ।
रियल मड्रिडले उनी जस्तै क्षमतावान् खेलाडी आबद्ध गर्ने दाउमा छ । विश्वकपमा देखाएको प्रदर्शनका आधारमा केही खेलाडीहरुले उनको स्थान लिने आकलन गरिएको छ ।
१.केलिएन एम्बाप्पे
फ्रान्समा स्किल र स्पिड दुवै भएको खेलाडी मानिन्छन् केलिएन एम्बाप्पे । विश्वकप उनको प्रदर्शनले विश्वभरको ध्यान उनीमा खिचिएको थियो । पिएसजीका समेत स्ट्राइकर रहका उनले जारी विश्वकपमा ३ गोल गरिसकेका छन् । विश्वकै दोस्रो महंगा फुटबलर एमबाप्पेको क्लब र फ्रान्सेली टोलीसँगको प्रदर्शनका आधारमा रोनाल्डोको स्थान उनले लिन सक्ने अनुमान लगाइएको छ । १९ वर्षीय एमबाप्पेले मोनाकोबाट ११ र पेरिस सेन्ट जर्मेनबाट ८ गरि जम्मा १९ गरेका छन् ।
२. हेरी केन
हेरी केन इंग्ल्याण्डका कप्तान हुन् । जारी विश्वकपमा उनले सर्वाधिक ६ गोल गरेका छन् । टोटनहम हट्सपरका स्टार खेलाडी विश्वकप र क्लब फुटबलको खेलका कारण उनले रोनाल्डोको स्थान रिप्लेस गर्न सक्ने अनुमान लगाइएको छ । २४ वर्षीय हेरीले गएको ४ सिजनमा १४० गोेल गरिसकेका छन् । चुनौती भएको ठाउँबाट सजिलै गोल गर्न सक्ने स्कील भएका उनी रोनाल्डो कै भुमिका निभाउन सक्ने विश्लेषकले दाबी गरेका छन् ।
३. एडेन हाजार्ड
बेल्जिएमका पेस मेकर र किफायती खेलाडी एडेन हाजार्ड यती बेला चर्चाका विषय बनेका छन् । चेल्सीका स्टार खेलाडी हाजार्ड भलेही क्रिष्टियानो जस्तो गोल गर्न सक्दैनन् तर उनी असिस्ट, क्रिएटिभिटी र फ्येर गेम प्ल्येको कारण उनी रियलका रोजाईमा पर्न सक्छन् । चेल्सीका लागि ३०० खेलमा ८९ गोल गरेका उनको यसपाली रियलमा ट्रान्सफर हुने सम्भावना प्रबल छ ।
४. नेइमार
नेइमार ब्राजिलका किफायती खेलाडी हुन् , तर उनले आफ्नो टिमलाई विश्वकप जिताउन नसकेपनि रियल मड्रिडमा आबद्ध हुने उनको सम्भावना बढि छ । विश्वका सबैभन्दा महंगा फुटबलर नेइमारले पेरिस सेन्ट जर्मेनबाट ३९ वटा खेलमा ३३ गोल गरिसकेका छन् । उनको खेल र स्किल केही मिल्दाजुल्दा छन् । यसैकारण उनको सम्भावना अरु खेलाडी भन्दा प्रवल रहेको विश्लेषकहरुको बिचार छ ।




