काठमाडौं, २८ असार । प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले कञ्चनपुरको पुनर्वासमा देखिएको नेपाल भारतबीचको सीमा विवाद समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।
पुनर्वास नगरपालिकाको नयाँ भवनको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले केन्द्र सरकारसँग समन्वय गरेर सीमा विवाद समाधान गर्ने बताए । मुख्यमन्त्री भट्टले सीमाको रक्षार्थ आफ्नो ज्यान अपर्णगर्नेहरुको सम्झनामा पुनर्वासमा सालिक बनाउने आश्वासन दिए ।