कञ्चनपुर, २३ असार । स्थानीय सरकार गठन भएको एक वर्षपछि विभिन्न १४ जिल्लामा नमुना युवा संसद स्थापना र अभ्यास कार्यक्रम चलिरहेका छन् ।
कञ्चनपुरको बेतकोट नगरपालिका १० सुन्दरपुरमा पनि नमुना संसद स्थापना र अभ्यास कार्यक्रम संचालन गरिएको छ । युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषदको सहयोगमा जिल्ला युवा समिति कञ्चनपुरको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । युवालाई संसद र स्थानीय स्तरको विकासका बारेमा जानकारी हुनु अनिवार्य भएको जिल्ला युवा समिति कञ्चनपुरले जनाएको छ ।
युवाहरु जिम्मेवारी बन्नु पर्ने र स्थानिय स्तरको विकास र विशेष गरी युवाहरुको विकासका लागी राज्यले के कस्तो अवसरहरु छुट्याउँछ भन्नेबारे युवा आफु सचेत रहनु पर्ने जिल्ला युवा समिति कञ्चनपुरका अध्यक्ष महेश प्रसाद पन्तको भनाई रहेको छ ।