१० को मृत्यु, मुख्य राजमार्ग अवरुद्ध, तराइका अधिकांश जिल्ला डुवानमा | ईमाउण्टेन समाचार

Our Network

असार १ २०८३, मंगलबार

१० को मृत्यु, मुख्य राजमार्ग अवरुद्ध, तराइका अधिकांश जिल्ला डुवानमा

badi pidit

काठमाडौं, १९ असार । अविरल बर्षाका कारण मुलुकभर गएको बाढी र पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने करोडौको भौतिक क्षती भएको बिवरण प्राप्त भएको छ ।

बाढी र पहिरोका कारण राजधानी जोडिने सडक अवरुद्ध भएका छन भने देशभरका मुख्य राजमार्ग अवरुद्ध हुंदा हजारौ यात्री बीच बाटोमा नै अलपत्र परेका छन । अबिरल बर्षाका कारण तराईका बिभिन्न क्षेत्र डुवानमा परेका छन भने मुलुक भरका प्रमुख नदीहरुमा पानीको बहाव अत्याधिक मात्रामा बढेको कारण स्थानीय प्रशासनले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन निर्देशन समेत दिएको छ ।

अबिरल बर्षापछि आएको बाढीमा परी राजधानीको महादेव खोलाले बगाउदा धमस्थलीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रकाश पुर्कुटी रहेका छन । उनको शवलाई प्रहरीले पोष्टमार्टमकालागि अस्पताल लगेको छ । अबिरल बर्षाका कारण ५ नम्वर प्रदेशको प्रमुख ब्यापारिक शहर नेपालगन्ज ढुवानमा परेको छ । बाकेंका बिभिन्न भागमा आएको बाढी र पहिरोमा परी ४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलाबहादुर बुढा, लोकबहादुर सुनार, रिमादेवी यादव र रन्जित पासीको मृत्यु भएको बाके प्रहरीले जनाएको छ ।, यो खबर आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा छ ।

ताजा समाचार