चिकित्सा शिक्षा विधेयक पेश गर्ने कार्यसूची स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८२, शुक्रबार

चिकित्सा शिक्षा विधेयक पेश गर्ने कार्यसूची स्थगित

samsadh

काठमाडौं, १७ असार । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेश गर्ने कार्यसूची स्थगित भएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा शुन्य र विशेष समय लिएर सांसदहरुले क्रम सकिएलगत्तै सभामुख कृष्णबहादुर महराले आधा घण्टाका लागि स्थगित गरिएको भोलि बिहान ११ बजेसम्मको लागि स्थगित गरिएको हो । बैठक स्थगित भएसँगै ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ पेश हुन सकेन ।

सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आजको बैठकमा विधेयक पेश गर्ने कार्यसूची रहेको थियो । विधेयक सरकारले आफूखुसी संशोधन गरेर ल्याउन लागेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले असन्तुष्टि जनाउँदै आएको छ ।