तस्कर र गुण्डागर्दी अन्त्यका लागि सरकार प्रतिबद्ध : गृहमन्त्री | ईमाउण्टेन समाचार

Our Network

माघ १० २०८१, बिहीबार

तस्कर र गुण्डागर्दी अन्त्यका लागि सरकार प्रतिबद्ध : गृहमन्त्री

ram bdr thapa

काठमाडौं, ३० जेठ । गृहमन्त्री राम बहादुर थापा बादलले तस्करहरु र गुण्डा राज्यको अन्त्य गर्ने बताएका छन् ।

नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघ बुधबार राजधानीमा आयोजीत साधारण सभाको उद्धघाटन गर्दै गृहमन्त्री थापाले उद्योग घन्दामा हप्ता उठाउने कर्मचारी प्रहरी गुण्डालाइ कारवार्ही गर्ने बताए । उनले सरकारले भष्ट्राचारको अन्त्य गर्ने लक्ष्य लिएको भन्दै कसैले सरकारी कार्यलयमा काम गर्नको लागी घुस माग गरेमा तुरुन्त गृह मन्त्रालयमा खवर गर्न सबैलाइ आग्रह गरे ।

उनले सरकारले समृद्ध नेपालको निर्माणको अभियानमा अघि बढेको भन्दै बिकास निर्माणम बाधा पुग्ने ऐन कानुन परिमार्जन गर्दै लैजाने बताए । कार्यक्रममा नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका अध्यक्ष अरुण शंकर बैद्यले पार्टी प्यालेसमा १३ प्रतिशत भ्याट र सामाजीक व्यवहार सुरक्षा ऐनलाइ परिमार्जन गर्नुपर्ने बताए । हाल ५५ जिल्लमा ४ हजार पार्टी प्यालेश र क्याटरिङहरु संचालनमा रहेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);