सरकारको काम कुनै पनि व्यवसायीलाई दुःख दिने होइनः गृहमन्त्री खाँण  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सरकारको काम कुनै पनि व्यवसायीलाई दुःख दिने होइनः गृहमन्त्री खाँण 

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सरकारको काम कुनै पनि व्यवसायीलाई दुःख दिने नभएको बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै उनले सरकारको काम व्यवसायीलाई काम गर्न सहज हुने वातावरण निर्माण गरिदिने रहेको जनाए । 

‘तराईदेखि हिमालसम्मको बाटो र पुल निर्माण गर्न विदेशी कम्पनीको आवश्यकता छैन । नेपाली निर्माण व्यवसायी सक्षम बनेका छन्,’ गृहमन्त्री खाँणले भने, ‘सरकारको काम कुनै पनि व्यवसायीलाई दुःख दिने होइन । वातावरण सहज बनाइदिने हो ।’ 

निर्माण व्यवसायीहरुको क्षमता अभिवृद्धि गर्ने, विश्वास अझ जनतासामु मुखरित गराउन वातावरण बनाउन वर्तमान सरकार गम्भिर रहेको उनले बताए । ‘निर्माण व्यवसायी देशका धरोधर हुन् । कुनै पनि व्यवसायीलाई सुरक्षा दिने काम सरकारले गर्छ,’ उनले भने । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);