प्रदेश राजधानी नहुँदैमा विकासमा फरक पर्दैनः गृहमन्त्री खाँण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

प्रदेश राजधानी नहुँदैमा विकासमा फरक पर्दैनः गृहमन्त्री खाँण

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले प्रदेश राजधानी नहुँदैमा बुटवलको विकासमा फरक नपर्ने बताएका छन् ।  बुटवलले विकासमा फड्को मारिसकेको र यो आफ्नै बलबुतामा सम्भव भएको भन्दै उनले राजधानी नरहने पनि लुम्बिनी प्रदेशको विकासको केन्द्र बुटवल नै हुने बताए ।

गौतमबुद्ध सामुदायीक स्वास्थ्य संस्थाको नवौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको शनिबार उद्घाटन गर्दै गृहमन्त्री खाँणले बुटवललाई अहिलेको अवस्थामा ल्याइपु¥याउन सबैको साझा प्रयास रहेको बताए । रुपन्देहीको विकासका लागि आफूले धेरै प्रयास गरे पनि जस भने लिन नपाएकोमा उनले दुःखेसो पोखे । ‘विकासका लागि मैले धेरै प्रयास गरे, तर जस लिन पाइन र लिने प्रयास पनि गरिन,’ उनले भने ।

गृहमन्त्री खाँणले मुलुकले स्वास्थ्य क्षेत्रमा फड्को मारेको, प्रविधिको प्रयोग बढ्दै गएको पनि बताए । स्वास्थ्य क्षेत्रमा नयाँ नयाँ प्रविधि भित्रिए पनि न्युन आर्थिक अवस्था भएकाले यसको प्रयोग गर्न नसक्नु चुनौती बनेको बताए ।

सरकारी अस्पतालको व्यवस्थापन सुधार नहुँदा सर्वसाधारणले निजी अस्पतालमा महंगो उपचार सेवा लिनु परिरहेको भन्दै गृहमन्त्री खाँणले सरकारी अस्पतालको क्षमता विस्तारसँगै स्तरोन्नतीका लागि सरकारले काम गरिरहेको प्रष्टाए । 

उनले तिलोत्तमा नगरपालिकामा गौतमबुद्ध सामुदायिक अस्पतालको लागि प्रस्ताव गरिएको जग्गा हालसम्म पनि उपलब्ध हुन नसक्नु दुःखद रहेको उल्लेख गर्दै आफुले सरकारको तर्फबाट जग्गा उपलब्ध गराउन पहल गर्ने विश्वास दिलाए ।

अस्पतालका अध्यक्ष एजाज आलमले सरकारले जग्गा उपलब्ध गराए दुई बर्षभित्र आठ सय बेडको सुबिधासम्पन्न अस्पताल निर्माण गर्न तयार रहेको बताए । रुपन्देही उद्योग संघको संरक्षकत्वमा १० पुस ०७० बाट संचालन गरेको अस्पतालले एक बर्षमा पिडी, इमर्जेन्सी र भर्ना गरी ४८ हजार सात सय २२ जनालाई उपचार सेवा उपलब्ध गराएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);