दार्चुला, २५ जेठ । दार्चुला सदरमुकाम खलंगाको नेपाल भारत जोड्ने सीमा नाकामा फेरि भारतीय सीमा सुरक्षा बल एसएसबी ले नेपाली नागरिकमाथि ज्यादती गरेको छ ।
नेपालको दार्चुला र भारतको धार्चुलाबीचको सीमा पुलको भारतपट्टि एक नेपाली मजदुर निर्घात कुटिएका छन् । महाकाली नगरपालिका मलेरा घर भएका ५२ बर्षीया नन्दराम लोहार भारतीय एसएसबीबाट गम्भीर घाईते हनेगरी कुटिएका हुन् ।,आजको नागरिक दैनिकमा यो खबर छ ।