तीन लाखको आश्वासन, पीडितले सुको पाएनन् | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

तीन लाखको आश्वासन, पीडितले सुको पाएनन्

badi

काठमाडौं, २५ जेठ । गत साउनको अविरल बर्षाका कारण घरबार गुमाएका ४१ हजार पीडितलाई सरकारले तीन लाख रुपैयाँको अनुदान घोषणा गरे पनि अहिलेसम्म सुको दिएको छैन ।

गत बर्खाको झरी र चिसो हिउँद छानोबिना काटेका बाढीपीडितले सरकारी वेवास्ताका कारण आगामी बर्खा पनि त्यसरी नै बिताउनुपर्ने भएको छ । सरकारले घर पूर्ण क्षति भएका बाढीपीडितलाई आवास पूनर्निर्माणका लागि तीन लाख अनुदान उपलब्ध गराउने निर्णय गरेको थियो ।

तर, बाढी गएको १० दिन बितिसक्दा पनि पीडितले सरकारबाट राहत पाउन सकेका छैनन् । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);