'विमस्टेक'को चौंथो शिखर सम्मेलन काठमाडौंमा | ईमाउण्टेन समाचार

Our Network

असार २ २०८३, बुधवार

‘विमस्टेक’को चौंथो शिखर सम्मेलन काठमाडौंमा

office of pm

काठमाडौं, २० जेठ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) को चौंथो शिखर सम्मेलन काठमाडौंमा हुने भएको छ । मन्त्रिपरिषदको आईतबार बसेको बैठकले विमस्टेकको चौंथो शिखर सम्मेलन काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

बैठकले शिखर सम्मेलनको मिति आगामी भदौ १४ र १५ गते अथवा २१ र २२ गते गर्ने प्रस्ताव सदस्य राष्ट्रहरुसँग गर्ने निर्णय सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए । बैठकले शिखर सम्मेलनको आवश्यक तयारीका लागि विभिन्न उपसमितिहरुसमेत गठन गरेको छ ।

सरकारले जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, सीमा प्रशासन कार्यालय, अध्यागमन कार्यालय तथा कारगार कार्यालयहरुको संगठन संरचना तथा दरबन्दी पनि स्विकृत गरेको छ । बैठकले काठमाडौं–तराई प्रदेश मार्ग सडक आयोजना सञ्चालन कार्यविधि, २०७५ लाई स्विकृत गरेको छ ।

त्यसैगरी सरकारले प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेकलाई संसदमा पेश गर्ने प्रस्ताव पनि स्विकृत गरेको छ । प्रवक्ता बाँस्कोटाले कृषि जैविक विविधता संरक्षण तथा सदुपयोगसम्बन्धि विधेयक तर्जुमा गर्नका लागि सैद्धान्तिक स्विकृति दिने निर्णय पनि गरिएको जानकारी दिए ।

सरकारले विद्यार्थी भर्ना अभियान अन्तरगत अझै ५९ हजार विद्यार्थीहरु विद्यालय नगएको पाइएको उल्लेख गर्दै उनीहरुलाई पनि विद्यालय ल्याउन दोस्रो चरणको भर्ना अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

ताजा समाचार