कर्मचारीले विगत १४ महिनादेखिको झण्डै २५ करोड तलव भत्ता पाएका छैनन्-
धनुषा, १८ जेठ । धनुषाको जानकी मेडिकल कलेजका चिकित्सक र कर्मचारीहरुले अस्पतालको सम्पूर्ण सेवा ठप्प पारेका छन् । तलब भत्ता नपाएको भन्दै चिकित्सक र कर्मचारीहरुले अस्पतालको सम्पूर्ण सेवा ठप्प पारेका हुन् ।
कर्मचारीहरुले ६ बुँदे माग राखेर गत वैशाख २३ गतेदेखि धर्नामा बसेका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै कर्मचारीहरुले संचालक समितिले कलेजलाई धरासायी बनाएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको बताएका छन् ।
कलेजका ४ सय चिकित्सक र कर्मचारीले विगत १४ महिनादेखिको झण्डै २५ करोड तलव भत्ता पाएका छैनन् । चिकित्सक र कर्मचारीको आन्दोलनका कारण कलेजमा अध्ययनरत ३ सयभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । अस्पतालको सबै सेवा ठप्प पार्दा उपचारका लागि पुगेका बिरामी मारमा परेका छन् ।




