सुन तस्करी प्रकरणमा मुछिएर फरार रहेका (एसएसपी) श्याम खत्रीद्वारा आत्मसमर्पण | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

सुन तस्करी प्रकरणमा मुछिएर फरार रहेका (एसएसपी) श्याम खत्रीद्वारा आत्मसमर्पण

gold-baramad

काठमाडौं, १७ जेठ । ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएर फरार रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छन् ।

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले डिफ्युजन नोटिस जारी गरेपछि खत्री आफैं अदालतमा उपस्थित भएका हुन् । सरकारले गठन गरेको विशेष छानविन समितिले बयानका लागि पत्र काटेपछि एसएसपी खत्री एक महिना अगाडिदेखि फरार थिए ।

तस्करीका मुख्य नाइके भनिएका चुडामणी उप्रेतीले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट हुने तस्करीमा एसएसपी खत्रीले प्रतिकिलो ५० हजार रुपैयाँका दरले घुस लिएर सुन छुटाइदिने गरेको बयान यसअघि नै दिइसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);