'सांसद विकास कार्यक्रम अन्तर्गत बजेट नछुट्याउन ध्यानाकर्षण' | ईमाउण्टेन समाचार

Our Network

साउन १५ २०८३, शनिबार

‘सांसद विकास कार्यक्रम अन्तर्गत बजेट नछुट्याउन ध्यानाकर्षण’

ramchandra

काठमाडौं, १३ जेठ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सांसद विकास कार्यक्रम अन्तर्गत बजेट नछुट्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस नेता पौडेलले सांसदमार्फत खर्च हुने गरी बजेट छुट्याए संविधान र संघीयताको विरुद्ध हुने दाबी गरे ।

नेता पौडेलले बजेट स्थानीय र प्रदेश सरकारमार्फत खर्च हुने गरी विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराए । सरकारले आगामी जेठ १५ गते बजेट ल्याउँदैछ ।