गोरेका बाबु भन्छन्- मैले भनेको नमान्दा यस्तो हबिगत व्यहोर्नुपरयो | ईमाउण्टेन समाचार

Our Network

मंसिर २९ २०८१, शनिबार

गोरेका बाबु भन्छन्- मैले भनेको नमान्दा यस्तो हबिगत व्यहोर्नुपरयो

gore

मोरङ, ११ जेठ । गोरेलाई अदालतमा हाजिर गराइएपछि उनका बाबु नेत्र उप्रेती मोरङ आएका छन् ।

उनले आफूले छोरालाई पहिलेदेखि नै अवैध काममा नलाग्न र बानी सुधार्न आग्रह गर्दै आएको जानकारी दिँदै नमान्दा यस्तो हबिगत भएको पत्रकार र कानुन व्यवसायीसँग बताएका छन् । पहिले मोरङको इटहार झुनाबारी हुँदै उर्लाबारी नगरपालिका– ७ मा बसोवास गर्दै आएका नेत्र सपरिवार पाँच वर्षदेखि काठमाडौं गौरीधारा बस्न थालेका थिए ।

उर्लाबारी– ७ पशुपति मार्गमा रहेको पुरानो घर उनले भाडामा लगाएका छन् । काठमाडौँको घर आफू प्रहरी सेवाबाट अवकाश भएपछि पाएको पैसा र पहिले गोरे विदेशमा गएर कमाएको पैसाले बनाएको, तर कुनै अवैध कमाइ लगानी नभएको उनको भनाइ छ । ‘काठमाडौंको घर गोरेको अवैध कमाइले होइन, वैध कमाइको हो,’ नेत्रले भने । आजको नयाँ पत्रिकामा समाचार छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);