१५ दिन भित्र विधान बनाउन कार्यदल गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

१५ दिन भित्र विधान बनाउन कार्यदल गठन

काठमाडौं, ८ जेठ । नेकपाले १५ दिन भित्र विधान बनाउने गरि कार्यदल गठन गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको नेकपाको संसदीय दलको बैठकले दुई पार्टी एक भएको अवस्थामा १५ दिन भित्र परिमार्जित विधान बनाउने गरि कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

कार्यदलमा भीम रावल, देव गुरुङ, खगराज अधिकारी, कृष्णभक्त पोख्रेल, रेखा शर्मा र रामनारायण विडारी सदस्य छन् । बैठकले सबै सांसदहरुलाई सरकारका नीति तथा कार्यक्रमको पक्षमा उभिन निर्देशन पनि दिएको छ ।

विधान बनेपछि सोही विधानका आधारमा पदाधिकारी नियुक्त गरिने छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले विकास निर्माणमा प्रत्यक्ष र परोक्ष रुपमा योग्यताको प्रदर्शन र अनुगमनमा सक्रिय रहन सांसदहरुलाई निर्देशन दिए ।

त्यसैगरी दलका नेता प्रधानमन्त्री केपी ओलीले नीति तथा कार्यक्रममा आएका विषयको जिम्मा आफुले लिने भन्दै त्यसको समर्थन र प्रतिपक्षीको कुरा सुनेर त्यसको सम्बोधन गर्दै संसदमा प्रभावकारी भुमिका खेल्न सांसदहरुलाई निर्देशन दिए ।

पार्टी एकिकरण पछि मंगलबार संसदीय दलको दोश्रो बैठक बसेको हो । बुधबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम माथि छलफल हुँदैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);