नयाँ पार्टीको विधान बनाउन २ कार्यदल गठन गर्ने निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नयाँ पार्टीको विधान बनाउन २ कार्यदल गठन गर्ने निर्णय

काठमाडौं, १५ फागुन । नेकपा एमाले र माओवादी केन्द्रले नयाँ पार्टीको विधान बनाउन दुई कार्यदल गठन गरेका छन् । एकीकृत पार्टीको विधान मस्यौदा गर्न गठित कार्यदलको मंगलबार धुम्बाराहीमा बसेको बैठकले दुई वटा समिति गठन गर्ने निर्णय गरेको हो ।

बैठकले पेशागत र सामुदायिक प्रतिष्ठान एकीकरणका लागि नीति र विधान तयार पार्न एमालेका गोकर्ण विष्ट र माओवादीका गिरिराजमणि पोखरेल रहेको समिति गठन गरेको छ ।

त्यस्तै अन्तरिम विधानको प्रारम्भिक प्रस्ताव तयार पार्न वर्षमान पुन र वेदुराम भुषाल सदस्य रहेको समिति गठन भएकाे छ । समितिलाई प्रतिवेदन तयार गर्न एक साताको समय दिइएको छ । कार्यदलको अर्को बैठक २२ गते बस्ने र सोही बैठकमा दुवै समितिले प्रतिवेदन पेश गर्ने कार्यदल सदस्यहरुले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);