चैतको पहिलो हप्ताभित्रै पार्टी एकताको घोषणा : रावल | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

काठमाडौं, १५ फागुन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले यही फागुन २५ गतेभित्रै एमाले–माओवादी केन्द्रवीचको एकतासम्बन्धी अन्तरिम विधान र राजनीतिक प्रतिवेदन टुँगो लगाउने र चैत्रको पहिलो हप्ताभित्रै बृहत्त एकता घोषणा गर्ने बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै रावलले भने फागुन २५ गतेभित्रै हामी विधान र प्रतिवेदन टुँगो लगाउँछौं । त्यसपछि एकता बृहत्त रुपमा घोषणा गर्छौं । सम्भवतः एकता चैत्रको पहिलो हप्तामै हुन्छ । यदि ढिलो भयो भने पनि दोस्रो हप्ताभित्रै घोषणा हुन्छ । हामी त्यही अनुसार तिव्र तयारीमा जुटेका छौं।

उनले एकता महाधिवेशन सकेसम्म एक वर्षभित्रै सम्पन्न गर्ने पनि जनाए । उनले भने दुई वटा अलग–अलग पार्टी एकताको प्रक्रियामा भएकोले हामीहरु दुवै कार्यदल अहिले आन्तरिक कार्यमा व्यस्त छौं । अन्तरिम विधान लेखन सुरु गरिसकेका छौं । राजनीतिक प्रतिवेदन पनि सँगसँगै अघि बढाईरहेका छौं । फागुन २५ गतेसम्म टुँगो लगाउँछौं।

विधान र प्रतिवेदन टुँगो लागेपछि एकता संयोजन समितिबाट अनुमोदन गर्ने र त्यसपछि दुवै पार्टीले आ–आफ्नो केन्द्रिय कमिटिबाट अनुमोदन गर्ने उनको भनाई थियो ।

छिट्टै मन्त्रिमण्डलले पूर्णता पाउँछ
रावलले छिट्टै मन्त्रिमण्डलले पूर्णता पाउने पनि विश्वास दिलाए । आगामी आईतबारसम्म उपेन्द्र यादवसहितको मन्त्रिमण्डल विस्तार हुने उनिले बताए । उनले सरकारले पुर्णता पाउनेमा अब विलम्ब नहुने जिकिर गरे । उनले थपे,‘अब ढिलाई हुँदैन, किनकी बजेटको पनि तयारी गर्नुपर्छ, जेठ १५ गते बजेट ल्याउनुपर्छ।’

राष्ट्रपति कसलाई बनाउने भन्नेबारे अझै टुंगो लागेन
त्यस्तै उनले राष्ट्रपति कसलाई बनाउने भन्नेबारे अहिलेसम्म कुनै टुँगो लागि नसकेको बताए । रावलले भने राष्ट्रपति कसलाई बनाउने भन्नेबारे अहिले टुँगो लागेको छैन । स्थायी कमिटिमा पनि छलफल गर्छौं । माओवादी केन्द्रसँग पनि छलफल गर्छौं ।अन्तिम टुँगो लाग्न बाँकी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);