काठमाडौं, २९ वैशाख । २०७२ सालमा एकसय ३५ दिन लामो नाबन्दीपछि पहिलोपटक नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दुईवटा नागरिक अभिनन्दन गरिएको छ ।
प्रदेश–२ का तर्फबाट जनकपुरमा अभिनन्दन गरिएका मोदीलाई काठमाडौं महानगरपालिकाले काठमाडौंमा अभिनन्दन गरेको छ । मोदीले भने दुबै अभिनन्दलाई आफ्ना कमजोरी हटाउने र नेपालीमा रहेको भारतप्रतिको नकारात्मक भावना सच्याउने मञ्चका रुपमा प्रयोग गरेका छन्।
नाकाबन्दी पछिको पहिलो नेपाल भ्रमणमै दुई–दुई ठाउँमा नागरिक अभिनन्दन गरिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अभिनन्दनलाई राजनीतिक मञ्चका रुपमा प्रयोग गरेका छन् । भारतको कर्णाटक राज्यको निर्वाचनको मौन अवधी सुरु भएकावेला आएका मोदीले जनकपुरको अभिनन्दनलाई त्यहाँको चुनाव प्रभावित पार्नेमा केन्द्रीत गरे भने काठमाडौंका अभिनन्दनमा नेपालसँगको चिस्सिएको सम्बन्ध सुधारमा उपयोग गरे ।
भाषण कलामा अब्बल स्थापित मोदीले नेपाल–भारत सम्बधमा परिपुरक रहेको भन्दै सहकार्यको ऐतिहासिक पृष्ठभूमि सम्झाउँदै सम्बन्ध सुधारको प्रयास गरेका छन् । उनले जानकरी र रामसँग जोडिएको रामायणबाट रामायण सर्किट सुरु भएको बताउँदै अब लुम्बनी–गया बुद्धसर्किट बनाउँदै दुई देशको सम्बन्धलाई अझ परिपुरक बनाउने प्रस्ताव अघि सारेका छन् ।
‘बैगुनीलाई गुनले मार्नु’ भन्ने ‘नेपाली नीति शास्त्र’ अनुरुप नाकबन्दी लगाउने भारतका बहालवाला प्रधानमन्त्रीलाई काठमाडौं महानगरपालिकाले पनि गरुगो उपहार दिएको छ । बुद्ध जन्मस्थलका विषयमा विवाद गरिरहेको भारतका प्रधानमन्त्रीलाई ५५ किलोको बुद्धकै मुर्ति उपहार दिएर महानगरले गुनको भारी बोकाएको छ । भारतीय राजनीतिक जोडघटाउ प्रभावित पर्ने र आफ्नो तिर्थाटनको लक्ष्य पुरा गर्ने दुई उद्धेश्य लिएर आएका मोदीलाई नेपाली पक्षले विर्षनै नसक्ने बनाएर विदा गरेको छ ।
काठमाडौं महानगरको चावी दिएर स्वागत गर्दै नागरिक अभिनन्दन गरेका काठमाडौं महानगरपालिका र मैथिल कलासहित स्वागत गरेको प्रदेशनम्बर दुइको सम्मानपछि मोदी पनि केही भावुक बनेका छन् । मासको अगाडी भावुक हुने र व्यवहारमा कठोरदा प्रर्दनन गर्ने पहिचान बनाएका मोदीले नेपा नीतिमा आवश्यक सुधारको पाठ पक्कै सिकेको हुनुपर्छ।




