सीमित पानी : असीमित जीवाणु | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

सीमित पानी : असीमित जीवाणु

pani

काठमाडौं, २७ बैशाख । करिब ४० लाख जनसंख्या भएको राजधानीका प्रत्येक बासिन्दालाई दैनिक औसत ४० लिटर पानी, तर धारा, ट्यांकर, जार र बोतलको पानीसमेत दूषित
१. दैनिक १० करोड लिटर धाराको पानी
राजधानीका तीनै जिल्लाबाट संकलित ७०% नमुनामा जीवाणु जिल्ला जनस्वास्थ्य कार्यालय, काठमाडौंले ललितपुर र भक्तपुरका पनि धाराको पानी नमुना संकलन गरेको थियो । तीमध्ये ७० प्रतिशतमा हानिकारक जीवाणु भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रबहादुर श्रेष्ठले बताए ।

२. दैनिक ६ करोड लिटर ट्यांकरको पानी

राजधानीमा संकलित नमुनामध्ये २४% मा जीवाणु
देशभर ६ सय ट्यांकर सञ्चालित छन् । त्यसमध्ये काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले पाँच सय आठ ट्यांकरलाई सूचीकृत गरेको छ । जम्मा १४ वटा ट्यांकरमा मात्र शुद्ध पिउने पानी हुन्छ, ५५ वटा ट्यांकरको पानी शुद्धीकरण गरेर मात्र पिउन सकिन्छ । बाँकी ट्यांकरको पानी लुगा धुन मात्र प्रयोग गर्न सकिन्छ ।

३. दैनिक १७ लाख लिटर जार बोतलको पानी
राजधानीका तीनै जिल्लाबाट संकलित १५% नमुनामा जीवाणु
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार देशभर पानी प्रशोधन गर्ने पाँच सय उद्योग छन् । जार तथा बोतलको पानी सुरक्षित भनेर घरमा मात्र होइन, होटेलमा पनि प्रयोग गरिन्छ । तर, काठमाडौंमा संकलित नमुनामध्ये १५ प्रतिशत पानीमा जीवाणु भेटिए । चार महिनामा चार कम्पनीविरुद्ध सरकारले नै मुद्दा हालेको छ । राजधानीवासीले उपभोग गर्ने खानेपानीका सबै स्रोत दूषित भेटिएका छन् । धारा र इनारको मात्र होइन, ट्यांकर, जार र बोतलको पानीमा पनि दिसामा पाइने जीवाणु भेटिएका छन् ।

सर्वसाधारणले पिउने जारको पानी सबैभन्दा बढी प्रदूषित रहेको एक अध्ययनले देखाएको छ । खाजाघर, पानीपुरी पसलमा पिउनका लागि ग्राहकलाई दिइने जारको पानीमा दिसामा हुने हानिकारक जीवाणु इ। कोली र कोलिफर्म भेटिएकोे हो । वातावरण तथा जनस्वास्थ्य संगठन इन्भारोमेन्ट एन्ड पब्लिक हेल्थ अर्गनाइजेसनले चालू आर्थिक वर्षमा गरेको अध्ययनले पानीमा हानिकारक जीवाणु फेला पारेको हो ।

जार र ट्यांकर, टुंगेधारा र इनारमा सतप्रतिशत जीवाणु
मनसुन सिजनमा संकलन गरिएको पानीको नमुनामध्ये जार र ट्यांकर, ढुंगेधारा र इनारको पानी सबैभन्दा बढी दूषित पाइएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार जार, ट्यांकर, ढुंगेधारा र इनारको पानीको सतप्रतिशत नमुनामा इ। कोली र कोलिफर्म पाइएको थियो । काठमाडौं उपत्यका खानेपानी लिमिटेडबाट वितरण गरिएको पानीमा तुलनात्मक रूपमा हानिकारक जीवाणु कम पाइएको थियो । लिमिटेडबाट वितरित पानीको नमुनामध्ये ५३ प्रतिशतमा मात्र इ. कोली र कोलिफर्म पाइएको थियो ।

पोस्ट मनसुन सिजनमा गरिएको अध्ययनले भने लिमिटेडबाट वितरित पानीमा धेरै समस्या पाइएको छ । धाराको पानीको नमुनामध्ये ६४ प्रतिशतमा हानिकारक जीवाणु भेटिएको थियो । २४ प्रतिशत ट्यांकरको पानी र १५ प्रतिशत जारको पानीमा इ कोली र कोलिफर्म पाइएको थियो । पोस्ट मनसुनमा ढुंगेधारा र इनारको पानीमा हानिकारक जीवाणु नपाइएको प्रतिवेदनमा उल्लेख छ ।

मनसुन सिजनमा खाजाघरहरूमध्ये काठमाडौंका ७१ प्रतिशतले जारको पानी प्रयोग गरेका थिए भने ललितपुरका २६ प्रतिशतले जारको पानी प्रयोग गरेका थिए । त्यस्तै, काठमाडौंका ११ प्रतिशत र ललितपुरका १० प्रतिशतले ट्यांकरका पानी प्रयोग गरेको, धाराको पानी काठमाडौंका १७ र ललितपुरका ५५ प्रतिशत खाजाघरले प्रयोग गरेका थिए । त्यसैगरी ललितपुरका खाजाघरहरूमध्ये ४ प्रतिशतले धाराको र पाँच प्रतिशतले इनारको पानी प्रयोग गर्ने गरेको पाइयो ।

पोस्ट मनसुन सिजनमा जारको पानीको प्रयोग बढेको अध्ययनले देखाएको छ । पोस्ट मनसुनमा काठमाडौंका ७५ प्रतिशत र ललितपुरका ३५ प्रतिशतले जारको पानी प्रयोग गरेका थिए । त्यसैगरी काठमाडौंका १५ र ललितपुरका तीन प्रतिशत खाजाघरहरूले ट्यांकरको पानी प्रयोग गर्ने गरेको पाइयो ।

शुक्रराज ट्रफिकल सरुवा रोग अस्पतालमा कार्यरत भाइरोलोजिस्ट डा। शेरबहादुर पुनका अनुसार इ।कोली मानिस तथा जनावरको दिसामा पाइने जीवाणु हो । यस्ता जीवाणु भएको पानी पिएमा झाडापखाला लाग्छ । ‘कोलिफर्म पनि मान्छेको दिसामा पाइने घातक जीवाणु हो,’ डा पुनले भने, ‘यस्ता जीवाणु भएको पानी नउमाली पिएमा झाडापखाला, आउँ, जन्डिस, टाइफाइड, हेपाटाइटिस ‘ए’ ‘ई’ जस्ता रोग लाग्छन् ।’

संगठनले वर्षाअघि र पछि गरी दुई चरणमा अध्ययन गरेको थियो । अध्ययनको क्रममा काठमाडौंका खाजाघर र पानीपुरी पसलबाट मनसुन सिजनमा ९० र वर्षापछि पोस्ट मनसुन सिजन ९३ वटा नमुना संकलन गरिएको थियो । ललितपुरबाट मनसुनमा ९७ र पोस्ट मनसुन सिजनमा ९१ वटा नमुना संकलन गरिएको थियो । काठमाडौं र ललितपुरका मुख्य चहलपहल हुने चोक र मुख्य सडकछेउका खाजाघर तथा सडकमा बेचिने पानीपुरीमा प्रयोग भएको पानीको नमुना परीक्षण गरिएको थियो । ‘उपत्यकामा प्रयोग हु“दै आएको पानी पिउनयोग्य छैन । पिउनुअघि पानीलाई राम्ररी उमाल्नुपर्छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले भने ।

घरको पिउने पानीमा पनि दिसाका जीवाणु
होटेलमा मात्र नभएर राजधानीका घरहरूमा प्रयोग हुदै आएको पानीमा पनि इ. कोली र कोलिफर्मजस्ता घातक जीवाणु पाइएका छन् । दातृ निकायको सहयोगमा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) मा चालू आर्थिक वर्षको सुरुमा गरेको अध्ययनमा यस्तो देखिएको हो ।

जनस्वास्थ्यले तीन जिल्लाका एक हजार ३ सय ६७ घरबाट पिउने पानीको नमुना संकलन गरी प्रयोगशाला परीक्षण गरेको थियो । तीमध्ये करिब ७० प्रतिशत पानीका नमुनामा हानिकारक जीवाणु भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका तत्कालीन प्रमुख रहेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए ।

अध्ययनका क्रममा उपत्यकाका घरहरूमा प्रयोग हुँदै आएका काठमाडौं उपत्यका खानेपानी लिमिटेडबाट वितरित पानी, जार र बोतलका प्रशोधित पानीको साथै ढुंगेधाराको पानीको समेत नमुना संकलन गरी परीक्षण गरिएको थियो । राजधानीमा पानीको माग दैनिक ३८ करोड लिटर, आपूर्ति १६ करोड काठमाडौं उपत्यकामा दैनिक ३८ करोड लिटर पानीको माग हुन थालेको छ । बस्ती बाक्लिँदै जाँदा बर्सेनि पानीको माग बढे पनि आपूर्ति अवस्था भने कमजोर छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल०का प्रवक्ता सुरेश आचार्यका अनुसार अहिले माग बढेर ३८ करोड लिटर पुगेको छ । दुई वर्षअघि ३६ करोड लिटर माग थियो ।

‘माग ३८ करोड लिटर भए पनि केयुकेएलका तर्फबाट १० करोड लिटर दैनिक आपूर्ति भइरहेको छ,’ उनले भने । केयुकेएलले प्रत्येक घरका धारामा ५ देखि १० दिनको अन्तरमा पानी आपूर्ति गर्दै आएको छ । दैनिक ३ देखि ६ घन्टासम्म धारामा पानी छाड्ने गरिएको छ । सरकारी संरचनाबाट खानेपानीको मागअनुसार आपूर्ति हुन नसक्दा व्यवसायीले ट्यांकर, जार र बोतलबाट पनि आपूर्ति गरिरहेका छन् ।

देशभर पानी आपूर्ति गर्ने करिब ६ सय ट्यांकर छन् । उपत्यका खानेपानी व्यवस्थापन बोर्डमा अहिलेसम्म ५ सय ८ ट्यांकर सूचीकृत छन् । थप ५० वटा सूचीकृतको प्रक्रियामा रहेको बोर्डको अनुगमन शाखाका इन्जिनियर बोधराज दाहालले जानकारी दिए । उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघका अनुसार दैनिक ६ करोड लिटर पानी ट्यांकरबाट आपूर्ति भइरहेको छ । पानी आपूर्ति गर्ने ट्यांकर व्यवसायी काठमाडौंमा केन्द्रित छन् । उनीहरूले जमिनमुनिको पानी बोरिङ गरी वितरण गर्दै आएका छन् । ट्यांकरको पानी पिउन योग्य रहेको व्यवसायीको तर्क छ ।

काठमाडौं बाहेक धरान र इलाममा पनि ट्यांकरले पानी ओसार्ने गरेका छन् । तर, त्यहाँ पिउन, विभिन्न होटेल, कलखानामा प्रयोग गर्न नभई विकास निर्माणका लागि प्रयोग हुने गरेको व्यवसायी बताउँछन् । देशभर दैनिक औसतमा ७० हजार जार पानी खपत हुने गरेको बोतल वाटर उद्योग संघको तथ्यांक छ । एउटा जारमा २० लिटर हुन्छ । यसर्थ जारबाट मात्रै १४ लाख लिटर खानेपानी आपूर्ति भइरहेको छ । त्यस्तै एक लिटरको बोतलमा पाउने पानी ३० हजार केस बिक्री भइरहेको छ । एक केसमा १२ बोतल हुन्छ । यसर्थ दैनिक साढे तीन लाख लिटरभन्दा बढी बोतलको पानी खपत भइरहेको छ । संघका निवर्तमान अध्यक्ष किशोर मानन्धरले देशभर सरकारबाट अनुज्ञापत्र लिएर करिब दुई सय ५० वटा उद्योग सञ्चालनमा रहेको बताए ।

तर, प्रशोधित पानी पनि दूषित
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रशोधित पिउने पानी उत्पादन गर्ने उद्योगलाई सञ्चालन अनुमति दिने र नियमन गर्दै आएको छ । यो आर्थिक वर्षमा कैफियत देखिएका जलप्योर डिंकिङ वाटर– काठमाडौं, नेचुरल स्प्रिङ वाटर– भक्तपुर, स्तुपा इन्डिस्ट्रिज– सुन्दरीजल र प्रसिद्ध वाटर इन्डिस्ट्रिज– रुपन्देहीविरुद्ध सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायरसमेत भएको छ । आजको नयाँ पत्रिकामा खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);