प्रतिव्यक्ति दैनिक १३५ लिटर पानी आवश्यक, पाउँछन् २० लिटर मात्रै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

प्रतिव्यक्ति दैनिक १३५ लिटर पानी आवश्यक, पाउँछन् २० लिटर मात्रै

bajura-khanepani abhav

काठमाडौं, २१ असार । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार काठमाडौंमा एक व्यक्तिलाई प्रतिदिन १३५ लिटर पानी आवश्यक पर्छ । यो आधारमा उपत्यकाका ३० लाख जनसंख्यालाई दैनिक ४२ करोड लिटर पानी आवश्यक पर्छ । तर, केयुकेएलसँग अहिले प्रतिदिन १० करोड लिटर मात्रै उपलब्ध छ । योमध्ये ३५ देखि ४० प्रतिशत पानी त चुहिएरै सकिन्छ ।

त्यसैले उपभोक्ताको घरमा ५ देखि ६ करोड लिटर मात्रै पुग्छ । यस आधारमा दैनिक एक व्यक्तिको भागमा २० लिटर मात्रै पर्छ । तर, उपभोक्ताले यही पानी पनि दैनिक नपाउने भएकाले जटिल समस्या छ । ‘उपत्यकाभित्रका सर्फेसमा रहेका पानीका स्रोत अधिकतम प्रयोग गरिएको छ । जमिनमुनिको पानी पनि ८० ठाउँबाट उत्पादन हुँदै छन् । यी सबैबाट दैनिक १० करोड लिटर पानी मात्रै उत्पादन हुन्छ । तर, माग ४२ लाख लिटरको छ ।

दैनिक तीन करोड ३१ लाखको पानी खपत
उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघका अनुसार ट्यांकरको पानी प्रतिलिटर ४० पैसाको दरले बिक्री हुन्छ । सुक्खा याममा दैनिक ५ करोड लिटर पानी आपूर्ति हुने भएकाले यस याममा ट्यांकरको पानी मात्रै दैनिक दुई करोड रुपैयाँको बिक्री हुन्छ । त्यस्तै, २० लिटर अटाउने जारको पानी दैनिक ७० हजारवटा खपत हुन्छ । एउटा जारको मूल्य ५० रुपैयाँ पर्छ ।

यो आधारमा २० लिटर जाने जारको पानी मात्रै दैनिक ३५ लाख रुपैयाँको बिक्री हुन्छ । त्यस्तै, एक लिटर पानी अटाउने सानो बोटल दैनिक ४ लाख ८० हजार वटा बिक्री हुन्छ । एउटा बोतलको मूल्य २० रुपैयाँ पर्छ । यस आधारमा सानो बोटलको पानी मात्रै दैनिक ९६ लाखको बिक्री हुन्छ । यसरी समग्रमा सुक्खायाममा उपत्यकामा दैनिक तीन करोड ३१ लाख रुपैयाँको पानी माग हुन्छ ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);