जलस्रोतको धनी देशमा १ करोड ४७ लाखको पानी आयात ! | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

जलस्रोतको धनी देशमा १ करोड ४७ लाखको पानी आयात !

pani aayat

प्रमिला भण्डारी
काठमाडौं, २० साउन । जलस्रोतमा नेपाल विश्वको दोस्रो धनी देशमा पर्छ भनी दाबी गरिन्छ । यसरी दाबी गरिनुको कारणमा सगरमाथाको देश नेपालमा हजारौं नदी नाला छन् । यसो हुँदा पनि नेपालमा पिउने पानीको समस्या भने विकराल अवस्थामा छ । खाडी मुलुकले तेल निर्यात गरे जस्तै नेपालले सदुपयोग गर्न सके पानी निर्यात गर्न सक्छ । तर नेपालमा पिउने पानी पनि बाह्य मुलुकबाट आयात आयात भइरहेको छ ।

जलस्रोतको धनी देश भनिएको नेपालमा अरु उपभोग्य वस्तु जस्तै पानी पनि आयात भइरहेको छ । झटृ यो सन्दा पत्यार नलाग्न सक्छ । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/७६ मा १ करोड ४७ लाख ९२ हजार बराबरको ४ लाख २७ हजार लिटर पानी आयात भएको छ । यो बाहेक भन्सार छलेर कति पानी आइरहेको छ त्यसको भने कुनै हिसाब किताब नै छैन । भारत, चीन, अमेरिका, वेलायत लगायतका देशबाट पानी आयात हुने गरेको छ ।

पानी निर्यात गर्न सामथ्र्य राख्ने नेपालले पानी आयात गरिरहको छ भन्ने सुन्दा पत्याउन गाह्रो छ तर यथार्थ त्यस्तो देखिएन । सरकारले पानी निर्यात गर्ने योजना बनाएको लामो समय भईसक्यो । तर उल्लेख्य मात्रामा निर्यात गर्न सकिरहेको छैन । भन्सार विभागको तथ्याङक अनुसार आर्थिक वर्ष २०७५/७६ मा १६ लाख ९३ हजार बराबरको ३३ हजार लिटर मात्र पानी निर्यात भएको छ । सरकारले पानी निर्यातको सपना देखिरहँदा नेपाली उपभोक्ता भने पानी नआउने धाराको पैसा तिरेर बस्न बाध्य छन् । जार तथा बोतलको पानी किनेर खान बाध्य सर्वसाधरण सरकारप्रति आक्रोशित छन् ।

सरकारले मेलम्ची खानेपानी आयोजना सपना देखाएको ३० वर्ष भइसक्यो । आयोजना शुरु गरेको लामो समयसम्म पनि सम्पन्न गर्न सकेको छैन । मेलम्चीको पानी पिउन पाउने राजधानीबासीको आशा निराशामा परिणत भईसकेको छ ।

व्यापारको लागि काठमाण्डौमा मात्र पानी उद्योग करिब तीन सयको हाराहारीमा सञ्चालीत छन् । हजारौ नदी नाला भएको मुलुक नेपालमा हरेक नागरिकले पर्याप्त पानी नपाउनु बिडम्बना हो । मुहान र नदीको पानी सदुपयोग गर्न नसक्दा राजधानी काठमाडौं उपत्यकावासीमा सबैभन्दा बढी पानीको हाहाकार छ ।

रसुवाको पानी खाडी मुलुकमा बेच्ने भनेर भाषण गर्दै हिंड्ने खानी पानी मन्त्री बिना मगरलाई थाहा छ कि छैन ? नेपालले विभिन्न देशबाट पानी आयात गरिरहेको छ । के नेपाल विदेशबाट पानी आयात गरेर खानु पर्ने मुलुक हो त ? सरकारबाट जनताले उत्तर खोजिरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);