सूर्य टोबाको कम्पनीलाई कारवाही गर्ने मन्त्रीकाे चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सूर्य टोबाको कम्पनीलाई कारवाही गर्ने मन्त्रीकाे चेतावनी

padma kumari aryal

काठमाडौं, १५ वैशाख । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सरकारको नीति नियम उलंघन गर्ने सूर्य टोबाको कम्पनीलाई कारवाही गर्ने चेतावनी दिएकी छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सहित विभिन्न सरोकारित संस्थाको सहकार्यमा शनिबार राजधानीमा आयोजित सुर्तीजन्य पदार्थ नियन्त्रण र नियम सम्बन्धी अन्र्तक्रियामा राज्यमन्त्री अर्यालले सरकारको नीति नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउने बताएकी हुन् ।

सुर्य टोबाले आफ्नो उत्पादनमा सुर्तीजन्य पदार्थको बाहिरी कभरमा सुर्ती जन्य पदार्थले पुर्याउने हानी नोक्सानीको बारेमा अत्यन्तै सानो स्थान दिएको भएपनि कारवाही नभएको भन्ने गुसानो आएपछि मन्त्रीले सूर्य टोबालाई एक हप्ता भित्र कारबाहीको दायरामा ल्याउने बताएकी हुन् । उनले सुर्ती जन्य पदार्थको विक्रिमा १७ प्रतिशत कर लगाउनेबारे पनि अर्थमन्त्रालयलाई पत्राचार गरिने बताइन् ।

राज्यमन्त्री अर्यालले स्वास्थ्य मन्त्रालयमा सुर्तीजन्य पदार्थ लैजान रोक लगाउने काम सुरु भईसकेको र सरकारसंग छलफल गरि सोही व्यवस्था अन्य मन्त्रालयमा पनि लागु गरिने बताइन् । उनले आफ्नो मन्त्रालयबाट सुरु गरेको काम अब वीर अस्पतालमा पनि लागु गर्ने बताइन् ।

उनले अस्पताल आगाडिका पसलबाट सुर्तीजन्य पदार्थलाई नै हटाउने उद्घोष गरिन् । वीर अस्पताल पछि अन्य सरकारी, तथा निजी अस्पतालमा पनि सुर्तीजन्य पदार्थ लैजान निषेध गरिने छ ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उत्पादन गर्न दिने तर उपभोग गर्न नदिने भन्ने प्रश्न बेला बेलामा आफुलाई आउने गरेको उल्लेख गर्दै सुर्तीजन्य पदार्थ उत्पादन र आयातलाई नै कानुन बनाएर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए ।

कार्यक्रममा सहभागीले सुर्तीजन्य पदार्थ उत्पादन, आयात र उपभोगलाई कानुन बनाएर नै व्यवस्थित पार्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);