सिंहदरबारमा सुर्ती-चुरोट निषेध | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सिंहदरबारमा सुर्ती-चुरोट निषेध

simhadarbar

काठमाडौं, २८ बैशाख । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा सुर्तीजन्य पदार्थ लैजान नपाइने भएको छ । स्वास्थ्य मन्त्रालयको अनुरोधमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कर्यालय र गृह मन्त्रालय सिंहदरबार परिसरलाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र बनाउन तयार भएका हुन् ।

स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयसँग परामर्श गरेपछि सिंहदरबार परिसरमा सुर्तीजन्य पदार्थ निषेध गर्न पत्राचार गरिएको उनका सचिव राजेश शर्माले जानकारी दिए । उनका अनुसार मन्त्रालयले दुई दिन अगाडि दुवै निकायलाई पत्राचार गरेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);