ज्ञानेन्द्र किन जाँदैछन् सिमरा ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

ज्ञानेन्द्र किन जाँदैछन् सिमरा ?

gyandra saha

काठमाडौं, २८ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह यही वैशाख ३० गते बारा जिल्लाको सिमरा जाने भएका छन् ।

उनीसँगै उनका निजी सचिव सागर तिमल्सिना, अर्दली, सशस्त्रका सुरक्षाकर्मीलगायत कन्भेसहितको टोली करिब तीन साता लामो भ्रमणका लागि त्यसतर्फ जान लागेको निर्मल निवास स्रोतले जनाएको छ ।

त्यस अवसरमा सिमरामा रहेका बालसखा प्रभु शमशेरको घरमा बसी त्यहीँबाट राजनीतिक भेट गर्ने बताइएको छ । उक्त क्रममा उनले विभिन्न राजावादी दलका नेता, कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);