अनिश्चितकालीन यातायात बन्दको धम्की | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

अनिश्चितकालीन यातायात बन्दको धम्की

yatayat

काठमाडौं, ४ बैशाख । सिन्डिकेट हटाउने सरकारी कदमपछि यातायात व्यावसायीहरुले वैशाख २६ गतेदेखि अनिश्चितकालीन यातायात बन्दको धम्की दिएका छन् ।

नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले निर्णय नै गरेर अनिश्चितकालीन यातायात बन्दको धम्की दिएको हो । महासंघले अनिश्चितकालीन यातायात बन्दको तयारीस्वरुप वैशाख २० गते यातायात नचलाउने निर्णय गरेको छ । महासंघले सार्वजनिक यातायात व्यवस्थापन कार्यवधि निर्देशिका खारेजीको माग गर्दै यातायातका साधन नचलाउने निर्णय गरेको हो । सरकारले चैतको तेस्रो साता देशभरका सडकमा रुट इजाजत दिने गरी कार्यविधि संशोधन गरेको थियो ।

कार्यविधि संशोधनसँगै आफ्नो एकछत्र राज तोडिने भएपछि यातायात व्यावसायीहरुले सरकारलाई दबाब दिन बन्दको निर्णय गरेका हुन् । भाडाका सवारीसाधनका अलावा पेट्रोलियम पदार्थ ओसार्ने ट्यांकर समेत नचलाउने महासंघको निर्णय छ । महासंघले आफ्नो निर्णय भोलि सार्वजनिक गर्दैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);