साउन २५, काठमाण्डौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिलनाथ गिरीले सरकारले राप्रपालाई विभाजन गर्ने काममा सरकार स्वयम लागेको आरोप लगाउनुभएको छ ।
सरकार र सरकारमा रहेका दलका नेताहरुबाट राप्रपालाई पटक पटक अपमानित गर्ने काम भएको दाबी गर्दै सांसद गिरीले तीनैले उक्साहटमा पार्टी विभाजन भएको आरोप लगाउनुभयो । प्रधानमन्त्रीमा उम्मेदवारी दिदै गर्दा दुई महिना अघि प्रधामन्त्री शेरबहादुर देउवाले असन्तुष्ठ राजनीतिक दललाई संविधानको दायरा भित्र ल्याउने, समयमै निर्वाचन गर्ने र भ्रष्टाचारलाई न्युनीकरण गर्ने प्रतिवद्धता जनाएकाले राप्रपाले पक्षमा मतदान गरेको स्मण गराउदै उहाले संविधान संसोधनको सरकारी प्रचार धोका मात्रै भएको दाबी गर्नुभयो । मुलुकमा दिनहुँ भ्रष्टाचारका घटना बढ्दै गएको तथा नेपाल आयल निगमको भ्रष्टाचारले मुलुक हलाएको बेला सरकार भने कुम्भकर्ण बनेको आरोप लगाउनुभयो ।
पार्टीका वरिष्ठ नेता पशुपति शमशेर राणाले पार्टी छाडेर गत आईतबार नयाँ पार्टी खोल्नु भएको थियो ।




