केन्द्र र प्रदेशको चुनाव एकैदिन गर्न सकिन्छ : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

केन्द्र र प्रदेशको चुनाव एकैदिन गर्न सकिन्छ : प्रचण्ड

२५ साउन, बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्र र प्रदेशको निर्वाचन एकैदिन गर्न सकिने बताएका छन् ।

 

प्रेस सेन्टर रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एउटै मतपत्र र बाकस बनाएर एकैदिन केन्द्र र प्रदेशको निर्वाचन गराउन सकिने बताए ।

 

प्रदेश र केन्द्रको चुनाव एकैदिन गराउँदा कुनै संवैधानिक अप्ठ्यारो नपर्ने उल्लेख गर्दै उनले दुवै तहको निर्वाचन मंसिरको पहिलो साताभित्र गर्न सकिने संकेत गरे । केन्द्र र प्रदेश सभाको निर्वाचन मंसिरमा गर्नेबारेमा राजनीतिक दलबीच छलफल भइरहेको उनले बताए ।

 

केन्द्र र प्रदेशको चुनाव एकैदिन भएमा चुनाव खर्च न्यून हुने बताउँदै नेपालको सन्दर्भमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक हुनेमा उनले जोड दिए ।

 

फरक प्रसंगमा उनले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा राष्ट्रिय जनता दल पनि सहभागी हुने विश्वास व्यक्त गरे । उनले भने, ‘यदि राजपा निर्वाचनमा नआए उसका लागि राजनीति आत्मघाती हुनेछ ।’

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);