प्रधानमन्त्रीदेखि मन्त्रीहरु हरेक भाषणमा ‘समृद्धि’ भन्न छुटाउँदैनन् | ईमाउण्टेन समाचार

Our Network

माघ १ २०८१, मंगलबार

प्रधानमन्त्रीदेखि मन्त्रीहरु हरेक भाषणमा ‘समृद्धि’ भन्न छुटाउँदैनन्

office of pm

फूलमाया आले

काठमाडौं, ६ चैत । संसदको तीन चौथाई समर्थन प्राप्त सरकारका प्रधानमन्त्रीदेखि मन्त्रीहरु हरेक भाषणमा ‘समृद्धि’ भन्न छुटाउँदैनन् । तर, गठन भएको एक महिनाभन्दा लामो समय उनीहरुले भाषण गर्ने, बधाई थाप्ने र रिवन काट्ने काममै बिताएका छन् ।

पहिलो र दोस्रो चरणमा मन्त्री भएकाहरु बधाई ग्रहण सकेर भाषण र रिबन काट्नतिर लागेपछि अब सिंहदरबारमा तेस्रो चरणमा मन्त्री भएकालाई बधाई थाप्न भ्याइ–नभ्याइ छ ।

‘समृद्धि’ शब्द अहिले सबैको नाराजस्तै बनेको छ । अझ सरकारका मन्त्री र सत्ताधारी दलका नेताका कुनै पनि भाषणमा समृद्धि भन्ने शब्द छुट्दैन ।

पाँच वर्षभित्र मुलुकमा कायापलट गर्छौँ भनेपनि उनीहरुको प्रारम्भिक गतिविधिले त्यस्तो कुनै संकेत देखाउँदैन । सुरुबाटै उनीहरु भाषणबाजी, विगतकै जस्तो कार्यक्रम उद्घाटन र रिबन कटाइमै समय बिताइरहेका छन् ।

अहिले सिंहदरबारमा नयाँ मन्त्रीहरुलाई बधाई थाप्न भ्याइनभ्याइ छ । बधाई दिन सिंहदरबार पुगेकाले पनि मन्त्रीहरुलाई आगामी कार्यकालभित्र समृद्धिको अभियानमा सफलता मिलोस भन्दै शुभकामना दिने गरेका छन् ।

बधाई लिने क्रममा मन्त्रीहरुले पनि भनिदिन्छन्, ‘समृद्धिका लागि भ्रष्टाचार नियन्त्रण गछौँ, प्राकृतिक स्रोत साधनको भरपुर उपयोग गर्छौँ, मुलुकलाई समृद्ध बनाउँछौँ ।’

तर, समृद्धिलाई हलुका रुपमा भाषणमा समेटि दिने प्रधानमन्त्री र मन्त्रीहरुले यसका लागि आवश्यक तयारी भने केही गरेको पाइँदैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);