तनहुँमा सामूहिक जडिबुटी खेती सुरु | ईमाउण्टेन समाचार

Our Network

पुष २८ २०८१, आइतबार

तनहुँमा सामूहिक जडिबुटी खेती सुरु

तनहुँ, २७ फागुन । तनहुँको भानु नगरपालिकामा जडिबुटीको सामूहिक खेती सुरु गरिएको छ । भानु नगरपालिका वडा नम्बर १२ रतनपुरमा मिलीजुली महिला समुहले चााप र तेजपत्तालगायत औषधीजन्य वनस्पतिको खेती सुरु गरिएको हो ।

समूहमा २२ परिवार आवद्ध रहेका छन् । उनीहरुको करिव ५ सय रोपनी जग्गामा चाँप, तेजपत्ता, वकाईनो, लप्सीलगायतका १२ थरिका वनस्पति रोपिएको छ । १० वर्षको अन्तरालमा उपयोग गर्न सकिने रुखहरु कडा काठको रुपमा आउने हुँदा वनस्पतिसहित उक्त काठबाट पनि राम्रो आम्दानी हुने स्थानीयको अपेक्षा छ । जडिबुटीको सामूहिक खेती गर्न स्थानीयलाई जिल्ला वन कार्यालय तनहुँले सहयोग गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);