भ्रष्ट, अपराधी र तस्करमाथि कडा कार्वाही गर्ने गृहमन्त्रीको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

काठमाडौं, २६ फागुन । गृहमन्त्री रामबहादुर थापाले भ्रष्ट, अपराधि र तस्करहरुमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका छन् ।  गृहमन्त्री थापाले देश र जनताको अहिलेको आवश्यक्ता अपराधी, भ्रष्ट र तस्करहरुलाई अन्त्य गर्नु रहेको उल्लेख गर्दै त्यस अभियानमा सरकारलाई साथ दिन युवा, विद्यार्थीहरुलाई आह्वान गरेका छन् ।

कैलालीको देउकलीमा बोक्सीको आरोपमा चरम यातना दिने दोषीमाथि कडा कार्वाहीको माग गर्दै ज्ञापन पत्र बुझाउन शनिबार गृह मन्त्रालय पुगेका प्रमुख ३ दलमा आवद्ध विद्यार्थी संगठनका नेतृत्वसँगको सामूहिक भेटमा बोल्दै गृहमन्त्रीले मुलुकलाई गरिवीबाट मुक्त गराउन पनि अपराधकर्ममा लागेकाहरुलाई अन्त्य गर्ने अभियानमा सरकार लागि परेको उल्लेख गरे ।

गृहमन्त्री थापाले शैक्षिक माफियाविरुद्ध डटेर सामना गर्ने अभियानमा सरकारलाई साथ दिन पनि युवा, विद्यार्थीहरुसँग आग्रह गरेका छन् । उनले विद्यालय, कलेजहरुमा १२ प्रतिशतका दरले युवा दूव्र्यसनी बढ्दै गएको पाइएको उल्लेख गर्दै त्यसलाई हटाउन सरकार योजनावद्ध ढंगले लागि परेको स्पष्ट पारे ।

कैलालीको देउकलीमा कक्षा ११ मा अध्ययनरत छात्रा राधा चौधरीमाथि बोक्सीको आरोपमा ६ घण्टासम्म लगातार कुटपीट गरिएको घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कार्वाही गर्न माग गर्दै प्रमुख विद्यार्थी संगठन अनेरास्ववियू, नेपाल विद्यार्थी संघ र अनेरास्ववियू क्रान्तिकारीले गृहमन्त्री थापालाई ज्ञापन पत्र बुझाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);