राष्ट्रपतिको गुट राजनीतिमा एमाले बहस, के भन्छन् किरण गुरुङ? (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

राष्ट्रपतिको गुट राजनीतिमा एमाले बहस, के भन्छन् किरण गुरुङ? (भिडियो सहित)

kiran gurung

नेकपा एमालेको स्थायी समितिको बैठक बसेर राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोहोर्याउने निर्णय गर्यो र उनले उम्मेदबारी दि सकेकी छिन् । राष्ट्रपति चुनावमा दुइ जना महिला नेताबीच प्रतिस्पर्धा हुनेछ । वाम गठबन्धनको बहुमत भएकाले भण्डारी पाँच वर्षे कार्यकालका लागि चुनिने निश्चित छ । तर राष्ट्रपतिलाई उम्मेदबार बनाउने कुरामा एउटा बहस सतहमा आएको छ । झलनाथ खनालले राष्ट्रपति हुन् इच्छ व्यक्त गरेका थिए तर एमालेको स्थायी समितिले त्यसतर्फ़ कुनै निर्णय गरेन । त्यसपछि सरकार निर्माण भईसके पछि राजपा, फोरम लगायतका दलहरु सँग संबाद गरेर सरकारमा जोड्ने कोसिस गरिरहेको छ र यो सँगै सरकार दुइ तिहाईको हाराहारी मा पुग्न लागेको छ । दुइ तिहाई बहुमत पुराउन पर्ने ठाउँमा सरकार किन पुगेको छ ? यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा प्रस्तोता प्रकाश गिरीले नेकपा एमालेका नेता किरण गुरुङसँग गरेको कुराकानी हेर्नुहोस् :