ह्वाइट हाउस अगाडि युवकद्वारा आफैंलाई गोली प्रहार गरी आत्महत्या | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

ह्वाइट हाउस अगाडि युवकद्वारा आफैंलाई गोली प्रहार गरी आत्महत्या

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस अगाडि एक युवकले आत्महत्या गरेका छन् ।

american pm offc

एजेन्सी, २० फागुन । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस अगाडि एक युवकले आत्महत्या गरेका छन् । वासिङ्टनस्थित ह्वाइट हाउस अगाडि भिडभाड हुने क्षेत्रमा पुगेका युवकले आफैंलाई गोली प्रहार गरी आत्महत्या गरेका हुन् । भीडको बीचमा गोली चलेको आवाज आएपछि भागदौड मच्चिएको थियो ।

घटनामा अन्य कुनै मानविय क्षति नभएको अमेरिकी अधिकारीहरुले जनाएका छन् । ती युवकको पहिचान भए पनि नाम भने सार्वजनिक गरिएको छैन । घटनाको समयमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प भने ह्वाइट हाउसमा नरहेको जनाइएको छ । घटनाबारे छानबिन भइरहेको अधिकारीहरुले जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);