कर्णालीले पहिलो स्वर्ण जित्ने अवसर गुमायो | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८३, आइतबार

कर्णालीले पहिलो स्वर्ण जित्ने अवसर गुमायो

सहआयोक कर्णाली प्रदेशले घरेलु कोर्टमा भएको दशौं राष्ट्रिय खेलकुदको महिला बास्केटबल (थ्री अन थ्री) मा स्वर्ण पदक जित्ने अवसर गुमाएको छ ।
आईतवार सम्पन्न थ्री अन थ्री महिला बास्केटबलको फाइनलमा कर्णाली विभागीय टोली नेपाल आर्मी क्लबसँग १३–९ स्कोरले पराजित हुन पुग्यो । आर्मीकी दिब्यान्सा कार्कीले ७ स्कोर गरिन् । सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला हातामा भएको खेलमा आर्मी अपराजित रहँदै स्वर्ण जित्न सफल भयो । यता, फाइनलमा पराजयसँगै कर्णालीले स्वर्ण जित्ने अवसर गुमायो । अहिलेसम्म कर्णालीले स्वर्ण पदक जित्न सकेको छैन । महिला थ्री अन थ्री बास्केटबलमा फाइनलमा पुगे पनि कर्णाली असफल भयो । यसै विधामा एपिएफले काँस्य जित्यो । कांस्य पदकको प्रतिस्पर्धा एपिएफले बागमतीलाई १६–७ ले हराएको हो । एपिएफकी इसान्ना श्रेष्ठ सात अंक बटुलिन् ।
महिला बास्केटबलको पदकमा विभागीय टोलीको वर्चस्व रह्यो । महिला बास्केटबलको फुल कोर्टतर्पm भने एपिएफले स्वर्ण जित्यो । फाइनलमा एपिएफले आर्मीलाई ५७–२९ ले सहजै पराजित ग¥यो । एपिएफ अपराजित रहँदै च्याम्पियन बन्यो । एपिएफकी मीरा गुरुङले सर्वाधिक १७ स्कोर गरिन् । पहिलो क्वार्टरमा एपिएफले १०–५ को अग्रता लिएको थियो । एपिएफले दोस्रो र तेश्रो क्वाटर क्रमशः १८–३ र १६–४ ले आफ्नो पक्षमा पा¥यो । चौथो क्वाटरमा एपिएफ १३–१७ ले पछि प¥यो । तर पनि एपिएफलाई स्वर्ण जित्न पर्याप्त भयो । यस विधामा नेपाल पुलिस क्लवले कांस्य पदक सुरक्षित ग¥यो ।
तेस्रो स्थानको प्रतिष्पर्धामा पुलिसले सुदूरपश्चिमलाई ६७–२८ ले हरायो । पुलिसकी दिभा महर्जनले ११ स्कोर गरिन् । मंसिर ८ गतेदेखि शुरु महिला बास्केटबलको फुल कोर्ट र हाफ कोर्ट दुवैमा समान १० टिम सहभागी थिए । सातै प्रदेश, आर्मी र एपीएफले लिग कम नकआउट आधारमा प्रतिष्पर्धा गरेका थिए । पुरुष बास्केटबल कर्णाली प्रदेश रंगशाला हातामै मंगलवारदेखि शुरु हुनेछ । पुरुषमा पनि महिलामा सहभागिता जनाएका टिमले नै भाग लिनेछन् ।

Leave a Reply

ताजा समाचार